काठमाण्डौं, मंसिर ११। नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि, आइतवार सफारिस समितिले श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो । उनीहरू मध्येबाट मन्त्रिपरिषद्ले सन्तोषनारायणलाई नियुक्त गरेको हो ।