ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित
काठमाण्डौं, कत्तिक १३ । ग्लोबल आइएमई बैङ्क लिमिटेड ग्लोबल फाइनान्स म्यागजिनको बेस्ट बैङ्क अवार्ड २०२४ बाट सम्मानित भएको छ । संयुक्त राज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका फाउण्डर तथा एडिटोरियल निर्देशक जोसेफे डी गिआरापुटोले बैङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।
ग्लोबल आइएमई बैङ्क ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैङ्क हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैङ्क र वाणिज्य बैङ्कहरूलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्दछ ।
बैङ्कका अध्यक्ष ढकालले यस सम्मानले ग्लोबल आइएमई बैङ्कलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताएका छन् ।