डेंगु नियन्त्रणका लागि देशभरका सरकारी कार्यालयमा सरसफाइ अभियान
काठमाण्डौं, कात्तिक ९ । सरकारले डेंगुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकको निर्णयले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले देशका केही जिल्लामा डेंगुको प्रकोप बढिरहेकाले यसलाई तत्कालै रोकथाम गर्न सरकारले आज बिहान १० बजे देशव्यापी रूपमा ‘लामखुट्टे खोजी र नष्ट’ अभियान थाल्न लागेको जानकारी दिएका छन् । मन्त्री पौडेलले डेंगु नियन्त्रणमा सक्रिय सहभागिताका लागि सरोकारवाला निकाय, निजामती कर्मचारी, सुरक्षा निकाय, सामाजिक अभियन्ताका साथै आमनागरिकसमक्ष आग्रह गरेका छन् ।