काठमाण्डौं, असोज २२ । नेपाल सरकारले थप ५७ वटा हिमाल आरोहणको लागि खुल्ला गरेको छ । सरकारले खुला गरेका हिमालहरुमा हुम्लाको असाज्य टुप्पो, डोल्पाको ज्याङ्गचे,चानाबोलो, ध्याम्बु पिक छन् । त्यसैगरी, मुस्ताङको ज्याङगलाटुन्पु, केक्याप रि–१, केक्याप रि–२, डोल्पाको तिन्जे पिक, दोलखाको जाबोउ रि–उत्तर, रोल्वालिङग खाड्ग उत्तर रहेका छन् ।

दोलाख सोलुखुम्बुमा रहेको पामल्का,  घोडभडी, रसुवाको थाकमोर्पा उत्तर पूर्व, हुम्लाको चाङगला खाङ्ग, चाङगला खाङ्ग पश्चिम छन् । त्यस्तै, सोलुखुम्बुको यासा थाक, चुम्बु उत्तर, महालङ्गुर पिक, पाङगबुक उत्तर, रोङगशार रि–२ रहेका छन् ।

मुस्ताङको छुआमा  -४, छुआमा पिक- १, छुआमा पिक-२, छुआमा पिक- ३, चुङगेन चाङगमा, ध्युन हिमाल-२, ध्युन हिमाल–३, लुनाधार खाङ्ग, मनसयल पूर्व, मुस्ताङ हिमाल, यारसाङग खाङ्ग रहेका छन् । मुगुको चाङगदी पूर्व, काइचोनाम उत्तर पश्चिम, काइपुचोनाम पश्चिम, कान्ति सेन्ट्रल, कोगि खाङग, योलुङ्गमा खाङग रहेका छन् ।

हुम्लाका न्यालु, गोरखाका लुम्बो हिमाल, डोल्पाकोहोङगदे पश्चिम, ताप्लेजुङको नुफु, चाव पूर्व, छोचेनफु उत्तर, नाङगामरी उत्तर, नोबुक, पाबुक खाङग पूर्व, पाबुक खाङग सुदूर पूर्व, सेनुप, यान्मे खाङग दक्षिण पूर्व, पाथीभरा उत्तर पूर्व, पाथीभरा दक्षिण पूर्व, डोल्पामा पाल्चुङ्ग-१, पाल्चुङग-२, पाल्चुङग-३, टन्क्या-३, टन्क्या-४ रहेका छन् ।