काठमाण्डौं असोज १५  । नेकपा (एमाले) को  आज मङ्गलवार बसेको सचिवालय बैठकले ५० लाख रकम नेपाल सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो सोमवारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब रकम उक्त कोषमा जम्मा गर्ने निर्णय गरेको थियो ।

एमालेको सचिवालय बैठक लगत्तै  सिंहदरवारमा एमाले संसदीय दलको पनि बैठक शुरु भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा गम्भीर प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाको काममा लाग्न आह्वान समेत गरेका छन् ।