काठमाण्डौं, असोज १४ । देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो तथा डुबानबाट क्षति पुगेका गाडी मर्मतका लागि टाटा मोटर्सले आपत्कालीन सेवा शुरु गरेको छ । कम्पनीले क्षति पुगेका आफ्ना प्यासेन्जर गाडीमा थप क्षति हुनबाट रोक्न आपत्कालीन सर्भिस सुविधाको व्यवस्था गरेको बताएको हो ।

यसका लागि टाटा मोटर्सको हटलाइनमा सम्पर्क गरी घरमा नै यो सुविधा लिन सकिने कम्पनीले जनाएको छ । टाटा मोटर्सको सर्भिस टिमले घरमा नै गएर गाडीको चेकजाँच गरी मर्मतको सुविधा प्रदान गर्ने पनि  जानकारी दिएको छ।

यदि गाडी घरमा मर्मत गर्न सम्भव नभएमा सिप्रदीको सर्भिस सेन्टरमा लगेर गाडीलाई पूर्ण मर्मत गरी ग्राहकलाई हस्तान्तरण गरिने कम्पनीले जनाएको छ ।

यो सेवाका लागि हटलाइन टोल फ्री नं. १६६००१५५७७७ वा ९८०१५७५७७७ मा सम्पर्क गर्न सकिने बताएको छ ।