काठमाण्डौं,भदौं ३१। राष्ट्रिय सभाका दुई समितिमा नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । 

सोमवार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा मायाप्रसाद शर्मा र विधायन व्यवस्थापन समितिको सभापतिमा तुलसा दाहाल निर्वाचित भएका थिए । शर्मा माओवादी निकट र दाहाल एमालेकी सांसद हुन् । उनीहरुलाई राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।