सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघुनन्दन मारू
काठमाण्डौं, साउन २१ । नेपाल सिमेन्ट उत्पादक संघको नयाँ नेतृत्वमा रघुनन्दन मारू निर्वाचित भएका छन् । कार्यसमितिको निर्वाचनबाट शिवम् सिमेन्टका प्रबन्ध निर्देशक मारू अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
संघको २०औँ वार्षिक साधारण सभाले आगामी ३ वर्षका लागि मारूलाई अध्यक्षमा चयन गरेको हो । मारू लामो समयदेखि सिमेन्ट उद्योगमा आबद्ध छन् ।
उनले नेपाल सिमेन्टमा आत्मनिर्भर हुँदै गर्दा सिमेन्ट उद्योगसँग सम्बन्धित दीर्घकालीन तथा अल्पकालीन समस्याहरूको समाधान, गुणस्तरीय उत्पादन, बजार व्यवस्थापनजस्ता कुराका लागि निजी क्षेत्रबाट सिमेन्ट उत्पादक संघ र सरकारबीच सहकार्य गर्ने बताए ।
सबै सिमेन्ट उद्योगीहरूई साथमा लिएर यस क्षेत्रमा देखिएका चुनढुंगा उत्खनन्, वन, विद्युत्, बैंकिङ तथा स्थानीय समस्यालगायत विभिन्न चुनौतीलाई सम्बन्धित निकायसँग समन्वय गर्दे अघि बढ्ने अध्यक्ष मारूको योजना रहेको छ ।
यसैगरी उपाध्यक्षमा तारा पोखरेल र विकास दुगड, महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरूण कर्ण निर्वाचित भएका छन् ।