काठमाण्डौं, असार २७ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सबै प्रदेशको प्रदेश कार्यालयस्थित भवनमा लर्निङ् सेन्टर सञ्चालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, वाग्मती प्रदेशको काठमाण्डौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा ‎एकसाथ बैंकले सबै लर्निङ् सेन्टर सञ्चालनमा ल्याएको हो ।

कर्मचारीहरुलाई तालिम प्रदान गर्न, प्रादेशिक स्तरका कार्यक्रमहरु सञ्चालन गर्न, विभिन्न किसिमका बैठक तथा गोष्ठीहरु सञ्चालन गर्न बैंकले  लर्निङ् सेन्टरको स्थापना गरेको हो । यो लर्निङ् सेन्टरबाट कोशीमा ५७, मधेशमा ७७, वाग्मतीमा ८०, गण्डकीमा ३३, लुम्बिनीमा ५६, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ गरी एकै पल्ट ३६५ जनाले कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि फैलिएका आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ् एकाइहरुबाट करिव १८ लाख ग्राहकलाई आधुनिक बैंकिङ् सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५७ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्षमा थप ३ शाखा विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।