काठमाण्डौं,  असार ११ । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्र र राष्ट्रको हितलाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याइने बताएका छन्  ।

नेपाल व्यवस्थापन सङ्घले आगामी आ.व. २०८१/८२ को मौद्रिक नीतिबारे आयोजना गरेको अन्तर्क्रियामा बोल्दै गभर्नर अधिकारीले अर्तन्त्रका सूचकले अर्थतन्त्र क्रमिक रूपमा सहजतातिर गएको सङ्केत गरिरहेको भन्दै सूचककै सङ्केत अनुरूप मौद्रिक नीति ल्याइने स्पष्ट पारेका छन्  ।

उक्त छलफल कार्यक्रममा बिभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरुले आ आ-आफ्नो धारणा राखेका थिए । ति धाराणाहरुलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले  उद्योगी व्यवसायीले बजार मागमा सङ्कुचन आएको गुनासो गरिरहँदा  युवा जनशक्ति बिदेसिने क्रम उच्च भएकाले मागमा पनि कमी आएको धारणा राखेका थिए ।  उद्योगी व्यवसायीले बढी नकारात्मक धारणा पाल्ने र समय अनुसारका व्यावसायिक रणनीति नअपनाउँदा पनि समस्या रहेको भन्दै उपयुक्त व्यावसायिक नीति तय गरेर अगाडि बढ्न सुझाव समेत दिएका छन् ।