सोलुखुम्बु, असार ४ ।मौसम प्रतिकूलताका कारण सोलुखुम्बुको  लुक्ला विमानस्थल केही दिन देखी ठप्प भएको छ । जसका कारण पर्यटकहरु थप समस्यामा परेका छन्।  गत जेठ २६ गतेदेखि उक्त विमानस्थलमा  कुनै पनि जहाजले उडान भर्न सकेका छनैन् ।

भौगोलिक बनावटका कारण पनि लुक्लामा अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कमजोर हुँदा जहाज र हेलिकप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्ला एयर ट्राफिक कन्ट्रोलरले जनाएको छ । “

लुक्ला विमानस्थलमा मौसमका कारण हेलिकप्टरसमेत अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के केही होचो स्थान भएकाले त्यहाँबाट हेलिकप्टरले पर्यटक काठमाण्डौँ लैजाने गरेको एयर ट्राफिक कन्ट्रोलरले जानकारी दिएको छ ।