काठमाण्डौं, जेठ ३२ । राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २-२ वटा एम्बुलेन्स र शववाहन प्रदान गरेको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरलाई बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) देवेन्द्ररमण खनालले एम्बुलेन्स र शववाहनको चावी हस्तान्तरण गरेका छन्।    उक्त सवारीसाधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारणसमेत लाभान्वित हुने साथै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने महानिरीक्षक कुँवरले बताएका छन्  ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमन खनालले विगतमा बैङ्क र नेपाल प्रहरीबिच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने  विश्वास व्यक्त गरेका छन् ।