काठमाण्डौं, जेठ १८ । प्रचलित कानुनबमोजिम इजाजत प्राप्त हतियार पनि घरबाहिर लैजान यात्रा इजाजत लिनुपर्ने भएको छ। जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले  यस्तो निर्णय लिएको संचारमन्त्री रेखा शर्माले शुक्रबार जानकारी दिइन्।

सरकारले इजाजत प्राप्त गरेका, तर यात्रा अनुमति प्राप्त नगरेका हतियार इजाजतबाहकले घरबाहिर लैजान नपाउने तथा यात्रा इजाजत प्राप्त गरेका हातहतियार समेत तोकिएको स्थानमा लैजान नपाउने गरी निषेधित गर्ने निर्णय गरेको हो।