श्रमाधान रोजगार मेला हुने
काठमाण्डौं, जेठ १५ । आगामी बिहीवारदेखि ‘श्रमाधान रोजगार मेला’ हुने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोशी प्रदेशको विराटनगर बाट मेलाको शुरुवात गर्ने भएको छ । मेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।
मेला देशको सात वटै प्रदेशमा आयोजना गरिने र प्रत्येक प्रदेशमा २/२ दिन मेला सञ्चालन हुनेछ ।
युवाले देशभित्रै काम पाउने वातावरण निर्माण गर्ने उद्देश्य राखेर आयोजना गरिएको उक्त मेलाले रोजगारी सिर्जनाका लागि सरकारी र निजी क्षेत्रबीचको साझेदारीलाई प्रर्वद्धन गर्दै लैजान
रहेको छ । । उक्त मेलालाई सीप तथा क्षमता विकासका सम्भावना र उपयोगका लागि मध्यस्थता गर्ने प्लेटफर्मका रुपमा लिइएको छ । रोजगार मेला कामको खोजीमा रहेका युवा र रोजगारदाताको मिलनबिन्दु स्थल पहिल्याउन पहल गर्ने आयोजकको भनाइ छ । समग्रमा, नेपाल सरकारले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्न ‘श्रमाधान रोजगार मेलाको महत्वपूर्ण भूमिका रहनेछ ।
यो कार्यक्रम जेठ १७ गते कोशी प्रदेशबाट शुरू भएर जेठ ३० गते ललितपुमा समापन हुनेछ ।