काठमाण्डौं, फागुन ३ । नेपाल विद्युत् प्राधिकरणले स्वदेशी साना लगानीकर्ताहरूको विद्युतमा लगानी प्रोत्साहन गर्न १० मेगावाटसम्मका जलविद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) खुल्ला गर्ने निर्णय गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बहादुर बस्नेतको अध्यक्षमा गत माघ २४ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले १० मेगावाटसम्मका नदी प्रवाही (आरओआर)  र अर्धजलाशययुक्त (पीआरओआर)  जलविद्युत् आयोजनाहरूसँग जहिले र जति पनि पीपीए गर्ने निर्णय गरेको हो । 

१० मेगावाटसम्मका जलविद्युत् आयोजनाहरूको विद्युत् ‘लेऊ या तिर’ प्रावधानका आधारमा खरिद गरिने छ । आयोजनाहरूको विद्युत् सुक्खायाम ९१६ मंसिर–१५ जेठ० र वर्षायाम ९१६ जेठ–१५ मंसिर०का लागि हाल कायम रहेको दर क्रमशस् ८।४० र ४।८० रुपैयाँ प्रतियुनिटमा खरिद हुनेछ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थानीय प्राकृतिक स्रोतको अधिकतम प्रयोग र स्वदेशी साना लगानीकर्ताहरूको लगानी जलविद्युत् क्षेत्रमा प्रोत्साहन गर्न १० मेगावाटसम्मका आयोजनामा उत्पादन सम्मिश्रणका आधामा तय गरिएको पीपीए सीमा लागु नहुने व्यवस्था गरिएको बताए ।