नेपाल टेलिकम २१औँ वर्षमा प्रवेश
काठमाण्डौं, माघ २३ । नेपाल टेलिकम स्थापनाको २० वर्ष पूरा गरी २१औँ वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसर पारेर कम्पनीले विभिन्न प्रादेशिक निर्देशनालय र कार्यालयहरूका साथै केन्द्रीय कार्यालयमा विशेष कार्यक्रम आयोजना गरेको थियो । वार्षिकोत्सव कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ग्राहकलाई सर्वसुलभ तथा भरपर्दो रूपमा सेवा प्रदान गर्ने खालका नीति, योजना र कार्यक्रम सञ्चालन गर्नु जरुरी भएको बताइन् ।
पूर्वाधार विकास, सेवा पहुँच र सेवा विस्तारलगायतका विभिन्न कार्यक्रम समेटेर १९ जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउने कार्यका साथ अगाडि बढेको चर्चा गर्दै मन्त्री शर्माले आगामी दिनमा सेवामा उल्लेखनीय सुधार र आय वृद्धिका लागि आवश्यक कार्य गर्न निर्देशन दिइन् ।