काठमाण्डौं, माघ २२  । काठमाण्डौं महानगरपालिकाले एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ । महाराजगञ्ज- लैनचौर- जमल खण्डमा ३१८ वटा, महाराजगञ्जको प्रहरी तालिम केन्द्र -बालुवाटार- नक्साल हुँदै माइती घर मण्डलासम्म ३६३ वटा, कमलपोखरीदेखि गौशालासम्म १८१ वटा, त्रिपुरेश्वर- थापाथली – माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल – बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएको जनाएको छ ।

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् । यसका लागि १७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार ७१० मिटर तारको प्रयोग भएको छ ।