संसदमा गयल नहुन एमाले सांसदहरुलाई ओलीको निर्देशन
काठमाण्डौं, माघ २१। नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले पार्टीका सांसदहरुलाई संसदको बैठकमा नियमित उपस्थित हुन आग्रह गरेका छन् ।
संघीय संसदको हिउँदे अधिवेशन शुरु हुन लागेको सन्दर्भमा नयाँ बानेश्वर संघीय संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा दलका नेता ओलीले यस्तो आग्रह गरेका हुन् ।
विगतमा संसद बैठकमा सांसदहरु अनुपस्थित भएको सुनिने गरेको उल्लेख गर्दै ओलीले संसदमा नियमित उपस्थित हुन आग्रह गरेका हुन् ।