काठमाण्डौं, माघ ७ । सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयबाट वीर अस्पताललाई प्रदान गर्दै आइरहेको बिरामीको खाना र अक्सिजनको बजेट कटौती नगर्न अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीशद्वय हरि फुँयाल र बालकृष्ण ढकालको संयुक्त इजलासले अर्थ मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा आदेश जारी गरेको हो ।

अस्पताललाई अत्यावश्यक हुने शीर्षकको बजेट कटौती गरेपछि २६ पुसमा सो विरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो । सर्वोच्चले उक्त रिटको सुनुवाइ गर्दै स्वास्थ्य जनताको संवेदनशील विषय भएको हुनाले बजेट नरोक्न आदेश जारी गरेको छ ।