काठमाण्डौं, पुस ८ । नेपाल बैङ्क लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा बैङ्ककै पूर्वकर्मचारी तिलकराज पाण्डेय नियुक्त भएका छन् । उनलाई आगामी ४ वर्षका लागि नियुक्त गरिएको हो ।

बैङ्कका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको  ४   वर्षे कार्यकाल पूरा गरी अवकाश पाएसँगै सिइओ पद रिक्त थियो ।