सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने
काठमाण्डौं । सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने सम्झौता भएको छ। सम्झौताअनुसार नेपाल टेलिकमको मोबाइल सेवा प्रयोगकर्ताहरूले डेटा अन गरी सिभिल बैंकको मोबाइल बैंकिङ एपमार्फत फण्ड ट्रान्सफर, क्युआर पेमेन्टलगायत फिचर प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन।
सम्झौतापत्रमा सिभिल बैकका तर्फबाट चिफ बिजिनेस भोलाबहादुर विष्ट र टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता अर्यालले हस्ताक्षर गरेका हुन्। विद्युतीय माध्यमबाट कारोवार गर्न प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको नीतिबमोजिम यो सम्झौता गरेको बैंकले जनाएको छ।
पुस १ गते देखि लागू हुने यो सम्झौताबाट सिभिल बैंकका साढे चार लाखभन्दा बढी मोबाइल बैंकिङ एप प्रयोगकर्ता प्रत्यक्ष लाभान्वित हुने बैंकका चिफ बिजिनेस विष्टले बताए।