प्रधानमन्त्रीद्धारा अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका पदक विजेता खेलाडीलाई पुरस्कार वितरण
काठमाण्डौं, पुष २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला फुटबल, एसियाली कराँते र कावा बिच भलिबलमा पदक जित्न सफल खेलाडी, ती खेलका प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार प्रदान गरेका छन्।
गत कात्तिक १ देखि १४ गतेसम्म काठमाण्डौंमा भएको साफ वुमन च्याम्पियनसिपमा पदक विजेता अमृता जैसी, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ र व्यवस्थापक वृन्दा देवान तथा चीनको हाइजाओमा गत असोज १देखि ७ गतेसम्म भएको २० औं एसियाली कराँते च्याम्यियनसिपमा पदक विजेता एरिका गुरुङ, मुख्य प्रशिक्षक कुशल श्रेष्ठलाई प्रधानमन्त्रीले पुरस्कार प्रदान गरेका छन्।
यसैगरी गत साउन १७ देखि २० गतेसम्म भुटानको थिम्पुमा भएको कावा महिला तथा पुरुष भलिबलका विजेता कमला पुन, मनिषकुमारी चौधरी, प्रशिक्षक रुपेशकुमार विष्टलाई पनि पुरस्कार प्राप्त गरेका छन्।