काठमाण्डौं, पुष ३ । गत आर्थिक वर्षमा संस्थागत तर्फ एनसेलले सबै भन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले एनसेलललाई उत्कृष्ट करदाताका रुपमा सम्मान गरेको छ।
ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित एक विषेश कार्यक्रममाझ प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।
प्रबन्ध निर्देशक जाब्बोरले ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर र सम्मानका लागि संस्था कृतज्ञ रहेको तथा देशकै एक ठूलो करदाताका रुपमा प्रत्येक वर्ष सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षक अन्तर्गत राजश्वमा ठूलै योगदान गरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्क्षरुपमा योगदान गर्न पाउँदा अत्यन्त गौरवान्वित भएको बताएका छन् ।
यसैगरी कम्पनीले व्यावसायिक सामाजिक जिम्मेवारी अन्तर्गत रु २ अर्व भन्दा बढीको योगदान गर्दै सातै प्रदेशका समुदायस्तर सम्म पुगेर देशभरका १ करोड ३० लाख भन्दा बढी जनसंख्यालाई प्रत्यक्षरअप्रत्यक्ष रुपमा लाभ प्रदान गरेको जनाएको छ ।