काठमाण्डौं, मङ्सिर १७ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको प्रतिनिधिमण्डल ४ दिने औपचारिक भ्रमणका लागि छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । समकक्षी चीनका प्रधानमन्त्रीको औपचारिक निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली नेतृत्वको टोली चीन प्रस्थान गरेका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणमा टोखा–खहरे सुरुङमार्ग निर्माण, मुस्ताङको कोरला नाकामा आर्थिक क्षेत्र निर्माण, संखुवासभाको किमाथान्का सडक निर्माण, रसुवागढीमा रेलमार्गको सम्भाव्यता अध्ययन, काठमाण्डौंको रिङरोडको दोस्रो चरण विस्तार, चितवन क्यान्सर अस्पतालमा बोनम्यारो सेवालगायतका आयोजना अगाडि सारिने कार्यक्रम रहेको जनाईएको छ ।