सुनको मुल्य ह्वात्तै घट्यो
काठमाण्डौं, मंसिर १० । आज सुनको मूल्य ह्वात्तै घटेको छ । आज सुनको मूल्य तोलामा १५ हजार ९०० रुपैयाँले घटेर कारोवार भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनको मूल्य तोलाको एक लाख ५१ हजार ३०० रुपैयाँ कायम गरेको छ । हिजो आईतवार छापावाल सुन प्रतितोला एक लाख ६७ हजार २०० रुपैयाँमा कारोवार भएको थियो ।
अर्थ मन्त्रालयले सुनको भन्सारदर घटाएर १० प्रतिशत कायम गरेपछि मूल्यमा उच्च गिरावट आएको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु तथा सरकारले भन्सारदर समेत घटाएका कारण मूल्यमा ठूलो गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।