काठमाण्डौं,  कात्तिक ४ । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रा.लि.को इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले  एक सूचना जारी गर्दै  विप्रेषण कारोवार गर्न अनुमति प्राप्त गरेको सो कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो ।

नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ बमोजिम खारेज हुने देखिएकाले विप्रेषण कारोवारको सिलसिलामा सो कम्पनीसँग कुनै पनि व्यक्ति वा संस्थाले लिन बाँकी रहेको भए जानकारी दिन केन्द्रीय बैंकले जनाएको छ ।