काठमाण्डौं, कात्तिक ४ । सरकारले डिजिटल लाइसेन्सलाई मान्यता दिएसँगै अबदेखी सवारी चालक अनुमति पत्र बोक्न नपर्ने भएको छ ।  वाग्मती प्रदेश सरकारले आज (आईतवार) देखि डिजिटल लाइसेन्स जाँच गर्ने भएको हो ।

उक्त व्यवस्थासँगै अब सेवाग्राहीले नागरिक एपमा उपलब्ध रहेको सवारीचालक अनुमतिपत (लाइसेन्स) ट्राफिक प्रहरीलाई देखाउन सक्ने छन्। नागरिक एपमा रहेको लाइसेन्ससँगै एउटा क्यूआर देखिने भएको छ ।

ट्राफिक भोयलेसन रजिस्ट्रेसन  सिस्टम (टीभीआरस)  मात्रै चल्ने फोन ट्राफिक प्रहरीलाई उपलब्ध गराइएको छ ।  उक्त फोनबाट ट्राफिकले नागरिक एपको क्यूआर देखाउने व्यक्तिको क्यूआर स्क्यान गर्ने छ र लाइसेन्स चेक गर्नेछ ।