काठमाण्डौं, असोज २२ । राष्ट्रपति रामचन्द्र पौडेलले आज मंगलवार सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन्।  नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

यो विधेयक प्रमाणीकरण भएसँगै ३१ औँ दिनदेखि कार्यान्वयनमा आउने छ। यो विधेयक कानुन बनेसँगै रेडियो नेपाल र नेपाल टेलिभिजनको एउटै नेतृत्वको मातहतमा सञ्चालन हुनेछन्।