काठमाण्डौं,असोज १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले विमान कम्पनीलाई पुरानै दरमा टिकट बिक्री गर्न अनुरोध गरेका छन् । हवाई यात्रुको चाप बढ्दा विमान कम्पनीहरूले पहिलेको तुलनामा महँगो शुल्क लिएपछि जनस्तरमा चर्को आलोचना भएको थियो ।

यस्तो विपत्तिको समयमा सबै मिलेर विपदलाई सामना गर्नु पर्ने स्पष्ट पार्दै  यात्रुहरूसँग पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन  एयरलाइन्सलाई अनुरोध गरेका छन् ।