काठमाण्डौं, भदौ २६ ।  प्रधानमन्त्री  केपी शर्मा ओलीले संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन्। 

आज बुधवार  एमाले पार्टी केन्द्रीय कार्यालयमा संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन्।  सुवासचन्द्र नेम्वाङको स्मृति ताजा राख्न र नेम्वाङका आदर्शलाई पछ्याउन उनको सम्झनामा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने बताएका छन्। 

प्रधानमन्त्री ओलीले नेताको नाममा प्रतिष्ठान तथा विद्यालय खोलेर दुरुपयोग गरिएको भन्दै यस्ता कुरालाई समयक्रममा  जनता र  देशको पक्षमा उभ्याउनुपर्ने बताउँदै प्रतिष्ठान कसैलाई कब्जा गर्न नदिइने स्पष्ट पारेका छन्।