काठमाण्डौं, भदौं ११ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको १६ औँ संस्करणको नाडा अटो शो काठमाण्डौंको भृकुटीमण्डपमा शुरु भएको छ । नाडामा चार पांग्रे तथा दुई पांग्रे सवारी ब्रान्डका विभिन्न नयाँ मोडलहरू सार्वजनिक भएका छन् ।

आज मंगलवारदेखि भदौ १६ गतेसम्म चल्ने शोमा नयाँ सवारी खरिद तथा बुकिङ्को अफर स्वरुप कम्पनीहरूले विभिन्न छुट योजनाहरू राखेका छन् ।

नाडा अटो शो मा सबैभन्दा धेरै विद्युतीय सवारी (ईभी) को आर्कषण रहेको छ । सबैजसो कम्पनी तथा ब्रान्डहरूले आफ्ना ईभी गाडी तथा मोडललाई विशेष प्राथमिकताका साथ प्रदर्शनमा राखेका छन् ।