काठमाण्डौं, भदौं ७ । । काठमाडौं महानगरपालिकाले सोलुखुम्बुको थामे क्षेत्रको बाढी प्रभावित गाउँपालिकालाई राहत र पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

महानगरपालिकाका प्रमुख एवं महानगर विपद् व्यवस्थापन समितिका संयोजक बालेन्द्र शाह ( (बालेन) को अध्यक्षतामा  बसेको बैठकले सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको कोषमा २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।

गत साउन ३२ गते दिउँसो साढे १ बजे खुम्बुको थामेमा गेग्रान र ढुंगासहित आएको हिमपहिरोले १ विद्यालय, १ स्वास्थ्य चौकी, २ होटेल, १३ वटा घर पूर्ण र १० वटा घरमा आंशिक रूपमा क्षति भएको थियो । ९५० किलोवाट क्षमताको जलविद्युत् परियोजनामा समेत क्षति पुगेको थियो ।