काठमाण्डौं, भदौं २ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देशका कुनै पनि सडक पहिरोका कारण दुई घण्टाभन्दा बढी अवरुद्ध नहुने बताएका छन् । मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले अवरुद्ध सडक खुलाउन आवश्यक उपकरण तयारी अवस्थामा रहेकाले जहाँ पहिरो गए पनि तत्कालै सुचारु हुने व्यवस्था मिलाइएको बताए ।

सबैभन्दा बढी समस्या आईरहने नागढुंगा–मुग्लिन सडक खण्डलाई पहिलो प्राथमिकतामा राखिएको  बताएएका छन् । उनले सो सडक खण्डमा आइपर्ने समस्या समाधानका लागि मन्त्रालय तयारी अवस्थामा रहेको जनाउदै  एक घण्टाभन्दा बढी समय अवरुद्ध हुन नदिने बताएका छन्  ।

यसैगरी सवारी चालक अनुमति पत्र  छपाइको लोडलाई कम गर्नका लागि सम्बन्धित प्रदेशमै छपाइ गरेर वितरण गर्ने व्यवस्था समेत मिलाइने बताएका छन्।