काठमाण्डौं, साउन २९ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि मन्त्रालयका पुर्व सचिवहरु सँग छलफल गरेका छन् ।  कृषि क्षेत्रमा विगत र वर्तमानमा देखिएका समस्या समाधान गर्दे कृषि मन्त्रालय र किसान वीच देखिएको  खाडललाई पुर्ने आफ्नो प्रमुख उद्देश्य रहेको र यसका लागि पुर्व सचिवहरुको सुझाव महत्वपुर्ण हुने मन्त्री अधिकारीले स्पष्ट पारेका छन् । यस वर्ष किसानले बिगतमा जस्तो मलको समस्या भोग्न नपरेको भन्दै  मलको  दिर्घकालीन समस्या समाधान तर्फ आफु लागि परेको उल्लेख गरेका छन् ।

यसैगरी किसानको दुधको रकम भुक्तानीमा देखिदै आएको  समस्यालाई आफुले  गम्भिररुपमा लिएको र कृषि क्षेत्रमा रहेका समस्या समाधानका लागि कृषि ऐनलाई समय अनुकुल  परिमार्जन गर्ने र कृषि विधेयकलाई चाडै टुङ्गोमा पुरयाउन लागेको पनि मन्त्री अधिकारीले स्पष्ट पारेका छन् ।

छलफलमा पुर्व सचिवहरुले नयाँ पुस्ता अनुकुल कृषिमा रुपान्तरण आवश्यक भएको , कृषिमा उपलब्ध अनुदानको  मुल्याङ्कन आवश्यक भएको , तिनै तहका सरकार वीच समन्वय आवश्यक रहेको ,बाँझो जग्गामा उब्जनी गराउने उपाय खोजिनु पर्ने , कृषिमा विकास साझेदारहरुलाई आवश्यकताका आधारमा परिचालन गर्नूपर्ने लगायतका सुझावहरु दिएका थिए ।