उपत्यकामा भिषण वर्षा, ३६ जनाको उद्धार, जनजीवन प्रभावित
काठमाण्डौं, साउन १६। गएराति काठमाण्डौं उपत्यकामा भारी वर्षा भएको छ । वर्षासँगै काठमाण्डौंका नदी–खोला तटिय क्षेत्र बढी प्रभावित भएका छन् । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाण्डौं बाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौंको बल्खु, तरकारी बजार, बाफल, धोबीखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौंण्को फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति समेत भएको छ ।