काठमाण्डौं, साउन १३ । राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/ ८२ को अर्थतन्त्रलाई गतिशील बनाउने भन्दै लचिलो र सहज मौद्रिक नीति ल्याएको छ।

राष्ट्र बैंकले मुलुकको अर्थतन्त्रको अवस्थालाई आधार बनाउँदै उद्योग,व्यापार निर्माण क्षेत्र  तथा पुँजी बजारलाई सहजता हुनेगरी मौद्रिक नीति सार्वजनिक गरेको हो।

विगतमा राष्ट्र बैंकले गरेका व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिले खारेज समेत गरेको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सबैभन्दा बढी निर्माण क्षेत्र लक्षित देखिएको छ। निर्माण व्यवसायमा आएको शिथिलता चिर्न राष्ट्र बैंकले विभिन्न व्यवस्था गरेको छ।