काठमाण्डौं, साउन १० । विमान दुर्घटनामा भएको मानवीय क्षतिको शोकमा आज साउन १० गते विहिवारका दिन  राष्ट्रिय झण्डा  आधा झुकाइने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन्।

यसैगरी, आगामी दिनमा हवाई दुर्घटना हुन नदिन आन्तरिक वायुसेवा सञ्चालन गरिरहेका सबै वायुसेवा कम्पनीहरूले हवाई जहाजको अनिवार्य प्राविधिक परीक्षण गर्ने र नेपाल नागरिक उड्डयन प्राधिकरणले सोको सघन अनुगमन गर्नुपर्ने सरकारले निर्णय गरेको छ।