काठमाण्डौं, साउन ९  । काठमाण्डौंमा पोलियो भाइरस पुष्टि भएपछि सरकारले उपत्यकाका ३ जिल्ला काठमाण्डौं, भक्तपुर र ललितपुरमा  आज बुधबारदेखि शनिबारसम्म पोलियोविरुद्धको विशेष खोप अभियान सञ्चालन गर्न लागेको हो ।

काठमाण्डौंको टुकुचा खोला र वाग्मती नदीको सङ्गमस्थलबाट गत जेठ १३ गते सङ्कलन गरिएको ढलको पानी परीक्षण गर्दा परिवर्तित पोलियो भाइरस (भ्याक्सिन डिराइभ्ड)  पोलियो भाइरस टाइप ३० देखा परेको थियो । पोलियो भाइरस पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका ३  जिल्लामा विशेष पोलियो खोप अभियान शुरु गर्न लागेको हो ।