काठमाण्डौं, साउन ८ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा ९एमाले० संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।  संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

संसदीय दलका नेता लीला गिरीलाई पन्छाउँदै एमालेले उपनेतालाई मुख्यमन्त्री अघि सारेको थियो ।

नेकपा ( माओवादी केन्द्र)  बाट मुख्यमन्त्री बनेका जोखबहादुर महराले राजीनामा दिएपछि पद रिक्त भएको थियो ।