डिजिटल माध्यमबाट शुभकामना दिन प्रधानमन्त्री ओलीको आग्रह
काठमाण्डौं, साउन २ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बधाई तथा शुभकामना दिन चाहनेलाई डिजिटल माध्यमबाट दिन अनुरोध गरेका छन् । समयको बचत गर्नका लागि लागि त्यसो गर्न अनुरोध गरेका हुन् ।
प्रधानमन्त्री ओलीले भेटमा बधाई तथा शुभकामना दिन चाहनेलाई पनि खादा माला प्रयोग नगर्न अनुरोध गरेका छन् । उनले आफ्ना शुभेच्छुकलाई सकेसम्म म्यासेञ्जरबाट सन्देश पठाउन अनुरोध गरेका छन् ।