काठमाण्डौं, असार २५ । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाटै चयन हुने भएको छ। यसअघिको विधानमा महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो।  सो विधानलाई महासंघको कार्य समितिले सर्वसम्मत संशोधन गरेपछि अब महासंघको अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट छानिने भएको हो।

महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान कार्यसमिति बैठकले सर्वसम्मतिले पारित गरेको र अबदेखि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पद निर्वाचनबाट चयन हुने भएको जानकारी दिए।