काठमाण्डौं,  असार २४  । लगानी सहजीकरण सम्बन्धी  ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधन प्रतिनिधि सभाले स्वीकृत गरेको छ ।

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि सदनमा पुनःविचार गरियोस् भन्ने प्रस्ताव पेश गरेकी थिइन् ।

सोही प्रस्तावमाथि छलफल गरी प्रतिनिधि सभाले उक्त संशोधन स्वीकृत गरेको हो ।