काठमाण्डौं, असार १८ । अर्थ मन्त्रालयले दीर्घरोगीहरूका लागि औषधि उपचार खर्च बापत रु. ३५ करोड २६ लाख १९ हजार रकम निकासा गरेको छ। अर्थमन्त्री वर्षमान पुनले मिर्गौला प्रत्यारोपण गरेका, डायलासिस गराइरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीका लागि उक्त रकम निकासा फाइल स्वीकृत गरेका हुन्। उपचार खर्चसम्बन्धी कार्यविधि २०७८ अनुसार ती बिरामीले मासिक ५ हजार पाउँदै आएका छन्। 

चालु आर्थिक वर्ष २०८०/८१ को बजेटबाट उक्त रकम निकासा गरिएको मन्त्रालयले जनाएको छ। उक्त रकम स्थानीय तहमार्फत् बिरामीको बैंक खातामा जम्मा हुनेछ।