काठमाण्डौं, असार १३ ।  २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)  को नतिजा सार्वजनिक भएको छ । यो वर्षको परीक्षामा ४ लाख ६४ हजार ७५८ जना विद्यार्थीहरु सहभागी थिए । जसमध्ये ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण गरेका छन् भने

३. ६० देखि ४ जीपीए ल्याउने परीक्षार्थीको संख्या ३१ हजार २०९ रहेको  छ । यसैगरी २ लाख ४२ हजार ३१३ परीक्षार्थी ‘नन ग्रेडेड’ मा परेका छन् ।