ग्लोवल आइएमई बैंकलाई ‘बेष्ट बैंक अवार्ड’ प्राप्त
काठमाण्डौं, जेठ १ । ग्लोवल आइएमई बैंक लिमिटेड ग्लोवल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड २०२४’ बाट सम्मानित भएको छ । ग्लोवल फाइनान्स म्यागाजिनले विश्वभरीका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो ।
बैंकको विश्वसनीयता, वित्तीय श्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डहरूमा बैंक सन् २०२४ को लागि नेपालको उत्कृष्ट भएको हो ।
यस बैंकले ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।