नेपाल टेलिकमलाई प्राधिकरणले दियो नयाँ लाइसेन्स
काठमाण्डौं, वैसाख ३० । नेपाल टेलिकमले ५ वर्षका लागि नयाँ लाइसेन्स पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ लाईसेन्स ( जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र ) दिएको छ ।
२०५६ सालको वैसाख २९ गते टेलिकमले लाइसेन्स लिएको थियो । त्यसको २५ वर्षे अवधि सकिएपछि २१ करोड रुपैयाँ शुल्क लिएर ५ वर्षका लागि नयाँ लाइसेन्स दिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिएका छन् ।
यसअघि बसेको मन्त्रिपरिषद्को बैठकले टेलिकमलाई नयाँ लाइसेन्स दिने गरी निर्देशन दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनको लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी प्राधिकरणले निर्देशन दिएको थियो ।