महालक्ष्मी विकास बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन
काठमाण्डौं, चैत १३ । महालक्ष्मी विकास बैंकले सातवटै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरु पहिचान गरी शाखा तथा प्रादेशिक कार्यालयमार्फत वित्तीय साक्षरता, र्याली तथा सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको बैंकले जनाएको छ ।
ग्लोबल मनी विक–२०२४ को अवसरमा विद्यार्थी तथा युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, सिप र मनोवृत्ति विकास गराउने उद्धेश्यका साथ वित्तीय साक्षरता, प्रभातफेरि लगायतका कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ ।
कार्यक्रममा विद्यार्थी, स्थानीय युवा, किसान, लघु, साना तथा मझौला उद्यमी, विप्रेषण प्रापक लगायतको सहभागिता रहेको थियो ।