काठमाण्डौं, फागुन २३ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ । मंगवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएर रचनात्मक प्रतिपक्षको भूमिकामा रहने निर्णय गरेको हो ।

कांग्रेसले प्रधानमन्त्री प्रचण्ड दोस्रोपटक अविश्वनीय ढंगले पेस भएकाले  विश्वास राख्न सक्ने स्थिति नरहेको टिप्पणी गरेको छ । ‘मंसिर ४ मा सम्पन्न निर्वाचनमा साझा ढंगले गरिएका वाचा र निर्वाचनमार्फत मतदाताले दिएको म्यान्डेडप्रति नेपाली कांग्रेस प्रतिबद्ध रहिआएको थियो,’ ‘तर, त्यो म्यान्डेड कुठाराघात गर्दै दोस्रोपटक पनि प्रधानमन्त्री दाहाल  अविश्वसनीय ढंगले अग्रसर भएपछि कांग्रेस सहमत रहन सक्ने र विश्वास राख्न सक्ने स्थिति नरहेपछि समर्थन फिर्ता लिएको हो ।

कांग्रेसले नयाँ गठबन्धन निर्माणले राजनीतिक अस्थिरताको सिर्जना गरेको विश्लेषण गर्दै प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढंगले निभाउने निर्णय लिएको छ ।