फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने
काठमाण्डौं, फागुन १ । नेपाल राष्ट्र बैंकले २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइने भएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत यस्तो व्यवस्था गरिने जानकारी दिएको हो ।
“ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन २०८० फागुनदेखि स्थायी निक्षेप सुविधालाई कार्यान्वयनमा ल्याइनेछ,” समीक्षा प्रतिवेदनमा भनिएको छ ।
अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई भने यथावत राखिएको छ ।
आन्तरिक एवम् बाह्य आर्थिक स्थिति र परिदृश्य तथा पहिलो त्रैमासिक समीक्षाको क्रममा गरिएका नीतिगत व्यवस्थाहरूलाई दृष्टिगत गरी ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राखिएको छ ।