काठमाण्डौं, माघ १ । काठमाण्डौँको टुँडिखेलमा माघी पर्व मनाउनेहरूको भीड लागेको थियो ।

विषेशगरी  मगर समुदायको माघे संक्रान्ति र थारु जातिको माघी पर्व मनाउन टुँडिखेल पुगेका सर्वसाधारणको अत्याधिक भीड लागेको थियो ।

भीड अनियन्त्रित हुँदा चेपिएर केही मानिसहरु घाइते समेत भएका थिए। प्रहरीले उक्त भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो। लाठी चार्जबाट केही व्यक्तिहरु घाइते समेत भएका थिए ।